काठमाडौं, २५ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाली राजनीतिमा फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेको आशंका राजनीतिक बजारमा व्याप्त रहेको टिप्पणी गरेका छन् । उनले क–कसले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो थाहा छैन भन्दै टिप्पणी गरेका छन् । उनले राष्ट्रियता र लोकतन्त्र दल, नेता र व्यक्तिभन्दा जहिल्यै माथि नरहेसम्म हरेक पुस्ताले हैरानी उस्तै खेप्नुपर्ने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–‘फेरि केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का राजनीतिक बजारमा ब्याप्त।ककस्ले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो था छैन।राष्ट्रियता र लोकतन्त्र दल, नेता र ब्यक्ति भन्दा जहल्यै माथि नरहे सम्म हरेक पुस्ताले खेप्ने हैरानी उस्तै।’




प्रतिक्रिया