यो निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्नेगरी मत पाउँछौं, मोरङ–२ मा सफलता प्राप्त गर्छु : डा. रिजाल (भिडिओ–सहित)


काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा आफूले सफलता प्राप्त गर्ने दाबी गरेका छन् । मोरङ–२ बाट उम्मेदवार रहेका डा. रिजालले आफूहरु यतिवेला आत्मविश्वासको साथ जनताको बीचमा गएको र साथीहरुको पनि सकारात्मक उर्जा देखिएकोले यो निर्वाचनमा सफलता प्राप्त गर्ने दाबी गरे ।

आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘मोरङ–२ मा हामी सफल हुन्छौं । एक सय सिट पुग्छ ।’ उनले यो निर्वाचनमा कांग्रेसले आफ्नै नेतृत्वमा बलियो र स्थिर सरकार बनाउने प्रस्ताव अघि सारेले जनताले त्यसमा विश्वास गर्ने दाबी गरे । निर्वाचनपछि सभापति गगन थापाको नेतृत्वमा सरकार बन्ने पनि उनको दाबी छ ।