काठमाडौं, माघ २८ । सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ४ का ३४ वर्षीय चालक विजय विश्वकर्मा रहेको घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।
उनका अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो जिप कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना हुँदा चालक घटनास्थलमै मृत्यु भएको हो । बुधबार बिहान करिब पौने ५ बजे बोलेरो दुर्घटनामा परेको हो । दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी कपुरकोट, गाउँ प्रहरी तथा जनप्रतिनिधि उद्धार कार्यमा खटिएका छन् ।
दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर पठाइएको उपाध्यक्ष भण्डारीले जानकारी दिए । घाइतेको पहिचान खुलेको छैन ।




प्रतिक्रिया