श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको, मृत्यु तीन घाईते


कोलम्बो, १ फागुन  । श्रीलङ्काको पूर्वी प्रान्तको वालाइचेनाई सहरमा शुक्रबार जङ्गली हात्ती प्रवेश गरी मानिस र सम्पत्तिमा आक्रमण गरेपछि ६८ वर्षीया महिलाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।

प्रहरीका अनुसार जङ्गली हात्ती वालाइचेनाईका केही गाउँहरूमा प्रवेश गरी बासिन्दाहरूलाई भागाभाग पारेको थियो । एउटा हात्तीले आक्रमण गरेपछि खाना बेच्ने महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल वन्यजन्तु र कानून प्रवर्तन अधिकारीहरूले हात्तीलाई जङ्गलमा फिर्ता गरी सकेको प्रहरीले बताएको छ ।

पछिल्लो समयमा श्रीलङ्कामा हात्ती आक्रमण एउटा गम्भीर समस्या भनेको छ भने हात्तीको आक्रमणका कारण सन् २०१५ देखि सन् २०२४ सम्म तीन हजार भन्दा बढीको मृत्यु भएको जनाइएको छ । रासस