काठमाडौं, ५ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वको सिस्ने गाउँपालिकाको नेटामा रहेको सहिद स्मृति पार्कमा पुगेर सहिदका प्रतिमामा माल्यार्पण गरेका छन्। उनले त्यहाँ उपस्थित सहिद परिवारलाई सम्मान समेत गरेका छन् ।
मतदाता भेटघाटका लागि सिस्ने गाउँपालिकाको नायगाड पुगेका संयोजक प्रचण्ड मङ्गलबार विहान नेटामा रहेको सहिद पार्क पुगेका हुन्। मर्निङवाकका क्रममा उनले स्थानीय टोपबहादुर खत्रीको घरमा मकैको रोटी र दुध खाएर प्वाङ स्वास्थ्य चौचीको समेत निरीक्षण गरेका छन् । प्रचण्डले आजै नायगाडमा आयोजित चुनावी सभालाई संबोधन गर्नेछन्। यो प्रचण्डको पहिलो चुनावीसभा हुनेछ ।







प्रतिक्रिया