रामकुमारी झाँक्रीको दाबी : अध्यक्ष ओलीले भारी मतान्तरले चुनाव जित्नुहुन्छ (भिडिओ–सहित)


काठमाडौं, ७ फागुन । नेकपा (एमाले) की प्रभावशाली नेतृ, पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले झापा–५ अध्यक्ष केपी शर्मा ओलीले विगतभन्दा फराकिलो मतान्तरले चुनाव जित्ने दाबी गरेकी छिन् । हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले झापा–५ मा ओलीको जित सुनिश्चित् रहेको दाबी गरेकी हुन् ।

उनले भनिन्,–‘झापा–५ मा जित त केपी ओलीकै सुनिश्चित् छ । झापालीले मिस्टेक गर्नुहोला भन्ने मलाई लाग्दैन । म त झापा पुगेर आएँ, बस्ती बस्तीमा पुगेर आउँ । झापालीहरुले विकल्प खोजेको छैनन् । म त मान्छेहरुसँग साक्षात्कार गरेर आएको हुँ ।’
अध्यक्ष ओलीको चुनावी अभियानको क्रममा आफू एकपटक झापा पुगेको र एक साता बसेको सुनाउँदै झापा–५ का मतदाताहरुसँग साक्षात्कार गरेको र झापाले कुनै गल्ती नगर्ने दाबी गरिन् । उनले ओलीले ०७९ को निर्वाचनभन्दा पनि धेरै मतभारले चुनाव जित्ने दाबी गरिन् ।