अस्वस्थ भएपछि दाङ नगई काठमाडौं फर्किएका बालेनलाई के भएको हो?


काठमाडौं, फागुन ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह स्वास्थ्यमा समस्या देखिएपछि सुर्खेतबाट काठमाडौं फर्किएका छन् । सुर्खेतमा रहँदा बालेनको स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार साँझ नै जहाजमार्फत काठमाडौं फर्किएपछि रास्वपाले आज दाङमा आयोजना गरेको चुनावी सभामा उनी उपस्थित हुने छैनन् । उनलाई के भएको हो भन्नेबारे स्पष्ट खुलाइएको छैन् ।

रास्वपाले आज दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय निर्वाचन लक्षित विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति रवि लामिछानेसँगै बालेन पनि दाङ पुग्ने कार्यतालिका थियो । रास्वपाले हिजो कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आफ्नो १०० बुँदे ‘वाचापत्र’ सार्वजनिक गरेको थियो ।