निर्वाचन चिह्नको भौतिक स्वरुप प्रयोग गर्न निर्वाचन आयोगले लगायो रोक (विज्ञप्तिसहित)


काठमाडौं, १० फागुन । निर्वाचन प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरुप प्रयोग गर्न नपाउने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गरेर यस्तो निर्देशन दिएको हो ।

२१ फागुनमा हुने निर्वाचनमा उम्मेदवार र राजनीतिक दलहरुले भौतिक स्वरुपको निर्वाचन चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमूदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको भन्ने सूचना तथा गुनासा प्राप्त भएको उल्लेख गर्दै ती राजनीतिक दल र उम्मेदवारलाई कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डबमोजिम आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्नसक्ने र सोको सट्टामा कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेको भौतिक स्वरुपका निर्वाचन चिह्न लिई निर्वाचन प्रचारप्रसार गर्दा सुरक्षा जोखिम बढेको भन्ने उजुरी तथा गुनासोहरु समेत निर्वाचन आयोगमा प्राप्त भएको उल्लेख गरेको छ ।