आज भोलेन्टियर फोर्सको प्रदेश भेलालाई सम्बोधन गर्दै ओली, दमकमा ५० हजार युवा उतार्ने दाबी


काठमाडौं, फागुन ११ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) ले आयोजना गरेको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दैछन् । झापाको दमकमा आयोजना गरेको नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्सको भेलाले करिब ५० हजार युवालाई दमकमा उतार्ने तयारी गरेको छ ।

झापा-५ का जनताहरूको पनि उल्लेख्य उपस्थिति हुने सभामा गायक वैकुण्ठ महतको टिमले विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ । दमक ७ स्थित पशु हाटमा हुने सभा सोमबार दिउँसो ११ बजेदेखि शुरु हुने आयोजकले जनाएको हो।