काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न अस्विकार गरेको छ । प्रसाईंको परिवारले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले यो मुद्दामा फाईल झिकाउन आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश जारी गरेको हो । प्रसाईंमाथि सार्वजनिक शान्ति भंग गर्न खोजेको आरोप छ ।




प्रतिक्रिया