काठमाडौं, १३ फागुन । राजनीतिक विश्लेषक डम्बर खतिवडाले रवि लामिछानेले नेतृत्व गरेको रास्वपा नयाँ दल नै नभएको टिप्पणी गरेका छन् । उनले जेन–जी आन्दोलनको परिस्थिति सिर्जना गर्नको लागि कांग्रेस र एमाले बढि जिम्मेवार रहेको आरोप लगाएका छन् । यद्धपी संसद्मा विभिन्न १४ दलमा सहभागी हुँदापनि ती दलहरुमध्ये कुनै पनि दलले प्रतिपक्षको भूमिका नखेलेको कारण नागरिक आँफैले खासगरी युवा पुस्ताले प्रतिपक्षको भूमिका खेलेको खतिवडाले स्मरण गराए ।
हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले जेनजी आन्दोलनको दमनकर्ता र हत्यारा भनेर ओली र देउवा प्रवृत्ति रहेको आरोप लगाए । उनले भदौ २३ र भदौ २४ गतेको घटनाको बास्तविकता बाहिर ल्याउनको लागि पनि निर्वाचनअघि नै जाँचबुझ आयोगको प्रतिवेदन बाहिर ल्याईनुपर्ने आवश्यकता औंल्याए ।
आयोगको प्रतिवेदन ल्याउन ढिलाई गरिनु वा विलम्ब गर्नुमा वर्तमान अन्तरिम सरकार नै जिम्मेवार रहेको उनको आरोप छ । उनले भने,‘अन्तरिम सरकारले जनतालाई गुमराहमा राख्यो, यो चुनाव त नियमित चुनाव होईन । यो के कारणले चुनाव भएको हो ? भदौ २३ र भदौ २४ गतेको कारणले भएको हो नि, भदौ २३ र भदौ २४ गते के भएको हो भन्ने कुरा थाहा नपाईकन चुनावमा कसरी भोट हाल्ने ?’




प्रतिक्रिया