काठमाडौं, १५ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चुनावी अभियानमा झापामा छन् । उनी झापा–५ का उम्मेदवार हुन् । योपटकको निर्वाचनमा उनलाई ३५ वर्षीया बालेन शाहले चुनौति पेश गरेका छन् । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।
एमालेले पनि अध्यक्ष ओलीलाई नै भावी प्रधानमन्त्री घोषणा गरेको छ । झापा–४ मा यसपटक ओलीले आक्रामक चुनावी अभियान थालेका छन् । उनी सबै मतदाताहरुको कुरा सुन्नेगरि आफ्नो क्षेत्रमा व्यस्त छन् । आज भने उनले ‘विद्यार्थीसँग बा’ भन्ने कार्यक्रममा भाग लिएका छन् । जहाँ उनले विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका थिए ।







प्रतिक्रिया