सिड्नी, १५ फागुन । सिड्नीमा भारी वर्षा पछि आएको बाढीमा फसेका ४० भन्दा बढी मानिसहरूको उद्धार गरेको बताउदै अधिकारीहरूले अचानक बाढी आउदा बिजुली समेत कटौती भएको जनाएका छन् ।
न्यु साउथ वेल्स राज्य आपतकालीन सेवा (एनएसडब्लु एसइएस) ले बिहीबार देखि शुक्रबार सम्म मध्य र पश्चिमी सिड्नीमा ४२ वटा बाढी उद्धार अभियान सञ्चालन गरेको बताएको छ ।
केही उपनगरहरूमा तीन घण्टाको अवधिमा १०० मिलिमिटर भन्दा बढी वर्षा भए पछि सिड्नी महानगरीय क्षेत्रमा सहयोगका लागि कल आएको एसइएसले जनाएको छ ।
आकस्मिक बाढीले प्रमुख सडकखण्डलाइ प्रभावित बनाउनुका साथै विद्युतिय पुर्वाधारका र भौतिकं सम्पत्तिहरूमा क्षेति गरेको जनाइएको छ । मौसम विज्ञान ब्यूरो (बिओएम) ले सिड्नीमा शुक्रबारको अधिकांश समय मेघ गर्जन जारी रहने र ७० मिलिमिटर सम्म वर्षा हुने पूर्वानुमान गरेको छ । रासस




प्रतिक्रिया