काठमाडौं, १६ फागुन । नेपाल सरकारले मध्यपूर्वमा विकसित हुँदै गएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ । आज (शनिबार) परराष्ट्र मन्त्रालयले एडभाईजरी जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
मन्त्रालयले अहिलेको परिस्थितिको सूक्ष्म निगरानी गरिरहेको जनाउँदै तत्कालका लागि यी दुई देशको यात्रा नगर्नसमेत एडभाइजरी जारी गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायल र इरानमा रहेका नेपालीहरूलाई त्यहाँका सम्बन्धित सरकारी तथा सुरक्षा निकायले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ।





प्रतिक्रिया