काठमाडौं, १६ फागुन । डा. बाबुराम भट्टराई प्रमुख संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएका छन् । यसअघि गोरखा–२ बाट उम्मेदवारी दिएर पछि आफ्नो उम्मेदवारी फिर्ता लिएका बाबुरामले यो बीचमा कसलाई सघाउने भन्ने निधो गरिसकेको थिएनन् ।
तर, आज भने प्रलोपाले गोरखा दुवै क्षेत्रमा कांग्रेसलाई सघाउने निर्णय गरेको जनाईएको छ । प्रत्यक्षतर्फ कांग्रेसलाई सघाएको प्रलोपाले समानुपातिकतर्फ आफ्नै निर्वाचन चिह्न आँखामा मत हाल्ने निर्णय लिएको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
यसअघि बाबुरामले आफ्नो दललाई सघाउने भनेर रास्वपाका उम्मेदवार कविन्द्र बुर्लाकोटी र नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेले विश्वास लिएका थिए । दुवै नेता बाबुरामसँग निरन्तर सम्वादमा पनि थिए ।




प्रतिक्रिया