रोल्पामा मेरो जित सुनिश्चित् भइसकेको छ : पुन


रोल्पा, १६ फागुन । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुनले रोल्पामा आफ्नो पार्टीको विजय सुनिश्चित भइसकेको दाबी गरेका छन्। आज (शनिबार) रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले निर्वाचनमार्फत देशको सबैभन्दा ठुलो र निर्णायक पार्टी पनि नेकपा बन्ने दाबी गरे ।

पुनले भने–‘हामी वैचारिक प्रतिस्पर्धा गर्न चाहन्छौँ । लोकतान्त्रिक मूल्य मान्यतामा उभिएर शान्तिपूर्ण ढङ्गले सहकार्य गरेका छौँ । जनताको बिचमा जान पाउनु १० वर्षको जनयुद्ध र जनआन्दोलनबाट हासिल भएको लोकतान्त्रिक अधिकार हो ।’ सो क्रममा उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको १८ महिनाको कार्यकालमा भ्रष्टाचारका ठूला फाईल खोल्दा सरकार नै ढालिएको बताए ।

Skip This

Omoda E5 Pro