काठमाडौं, फागुन १७ । नेकपा (एमाले)का उपमहासचिव योगेशकुमार भट्टराई पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा मत माग्न दमक पुगेका छन्। ताप्लेजुङमा हिजो शनिबार आयोजना गरिएको एमालेको पालिका स्तरीय चुनावी सभालाई सम्बोधन गरेर भट्टराई आज ओलीको निर्वाचन क्षेत्र झापा–५ पुगेका हुन्।
उनी आज पार्टी अध्यक्ष ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुनुअघि दमकका मतादातासँग भेटमा सक्रिय भएका छन् । एमालेले सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्दै आज कमल गाउपालिकमा र्यालीसहित चुनावी कार्यक्रम राखेको छ ।






प्रतिक्रिया