काठमाडौं, १७ फागुन । नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायहरुसँग समन्वय र सहकार्य गरी आसन्न निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको बताएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले आज प्रेस विज्ञप्ति जारी गरेर निर्वाचन सुरक्षा व्यवस्थाका सबै कार्यहरु प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार सञ्चालन भइरहेको जानकारी गराएको छ ।
विगतका निर्वाचनहरुमा जस्तै यसपटक पनि निर्वाचनको क्रममा मतदान सम्पन्न भएपश्चात् स्थापित प्रोटोकल अनुसार नेपाली प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरु एवं नेपाली सेनासहितको एकीकृत टोलीले मतगणनास्थलसम्म मतपेटिका ढुवानी कार्य गर्ने कुरा पनि उल्लेख गरेको छ ।




प्रतिक्रिया