प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौं, फागुन १८ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्। प्रधानमन्त्री कार्यालयका अनुसार यही विहिबार फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा उनले सम्बोधन गर्न लागेकी हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले चुनाव र अन्य समसामयिक विषयका सन्दर्भमा आफ्ना धारणा राख्ने जनाइएको छ ।