मतदाताको रोजाइमा काठमाडौँ-६ बाट बानियाँः राजनीतिक संस्कारी र अनुभवी कर्मठ व्यक्ति


काठमाडौँ, १८ फागुन । नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ (कृष्ण) का काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धामा छन् । उनी जलुपा मनोहर, दीपज्योति र विष्णुमती क्षेत्रका लागि असाध्यै परिचित अनुहार हुन् । यस क्षेत्रको राजनीतिमा चेतना भएका अनुभवी तथा जनउत्तरदायी एवम् कर्मठ उम्मेदवार पनि हुन् । बानियाँको विकल्पमा यस क्षेत्रका लागि प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारसँग तुलना नहुने स्थानीय मतदाता बताउँछन् ।

शिक्षा, संगठन र पूर्वाधार विकासलाई सधैँ प्राथमिकतामा राख्दै उनले स्थानीय तहदेखि जिल्लास्तरसम्म प्रभावकारी नेतृत्व प्रदान गर्दै आएका छन् । शिक्षा क्षेत्रका लागि प्रतिबद्ध उनले जलुपा मनोहर, दीपज्योति, विष्णुमतीका चार ओटै विद्यालयको व्यवस्थापन समितिमा बसेर विद्यालय सुधार, व्यवस्थापन सुदृढीकरण र शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

शिक्षामा लगानी नै दीर्घकालीन विकासको आधार हो भन्ने सोच उनको नेतृत्वको मूल मन्त्र हो । उनको राजनीतिक यात्रा सोही क्षेत्रको साविकको गाविस अध्यक्षमा निर्वाचत भएर शुरू भएको हो । जनतासँग नजिक रहेर काम गर्ने यही अनुभवले उनलाई स्थानीय समस्या बुझ्ने, समाधान खोज्ने र कार्यान्वयन गर्ने सक्षम नेताका रूपमा स्थापित गर्यो । २०५४ सालमा अध्यक्ष निर्वाचित भई उनले स्थानीय शासन, विकास योजना र जनसेवामा उल्लेखनीय योगदान रहेको छ ।

जनताको विश्वास र समर्थनको बलमा उनी काठमाडौं जिल्ला सभापति पदमा दुई पटक (वि.सं. २०७२ देखि ०८१) निर्वाचित भई भएका हुन् । दुबै पटक उनको नेतृत्वको कार्यकाल सफलता रूपमा सम्पन्न गर्न भएका छन् । यस अवधिमा संगठन सुदृढीकरण, कार्यकर्ता एकता र जिल्लाको समग्र विकासका मुद्दालाई अगाडि बढाउन उनको भूमिका निर्णायक रहेको मान्न सकिन्छ ।

हिजोसम्मको कार्यकालमा उनले आफ्नो क्षेत्रमा सडक, ढल, खानेपानी, शिक्षा, सामुदायिक भवन लगायत हरेक खालका पूर्वाधार विकासका काममा कुनै कसर बाँकी नराखी योगदान पुर्याएका छन् । योजनाबद्ध विकास, पारदर्शिता र जनसहभागितालाई प्राथमिकतामा राख्नु उनको कार्यशैलीको विशेषताका रूपमा लिन सकिन्छ ।

अनुभव, इमानदारी र विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण उनी आज पनि जनताको भरोसाको उम्मेदवार हुन् । भूतकालमा गरेको काम, वर्तमानमा देखाएको सक्रियता र भविष्यका लागि तयार पारिएको स्पष्ट विकास योजनासहित उनी समृद्ध, व्यवस्थित र आत्मनिर्भर क्षेत्र निर्माणको यात्रामा दृढताका साथ अघि बढिरहेको छ ।

परिवर्तनको साहसिक यात्रामा सबुज बानियाँ

जसरी जेनजी पुस्ताले परिवर्तनका लागि विद्रोहको बाटो रोज्यो । त्यसरी नै पार्टीभित्र पनि समयअनुसार परिवर्तन आवश्यक छ भन्ने सोचका साथ सबुज बनियाँले पार्टीमा परिवर्तन ल्याउने अभियानमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । विद्रोहलाई नकारात्मक होइन, सुधार र रूपान्तरणको माध्यमका रूपमा बुझ्ने उनको सधैं परिवर्तन र विकासमा विश्वास राख्ने नेताका रूपमा परिचित छन् । यही विश्वासका साथ आज उनी क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेर जनताको सेवामा उभिएका छन् ।

पार्टीमा अहिलेसम्म पुर्याएको योगदानदेखि लिएर आफ्नो क्षेत्रको विकासलाई सँगै अघि बढाउने यात्रामा उनले करिब ४० वर्ष राजनीतिमार्फत निरन्तर संघर्ष गरेका छन् । अनुभव, धैर्यता र समर्पणले भरिएको उनको राजनीतिक जीवन सधैं जनताको पक्षमा केन्द्रित रहँदै आएको छ । आफ्नो क्षेत्रमा कुनै पनि विकासका पूर्वाधारको कमी नहोस् भन्ने उद्देश्यका साथ सबुज बनियाँले इमान्दार मेहनत र कर्मलाई आफ्नो मूल मन्त्र बनाउँदै आएका छन् । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य,रोजगारलगायतका आधारभूत आवश्यकता जनताले सजिलै पाउन सकून् भन्ने उनको निरन्तर प्रयास रहँदै आएको छ ।

अब जिम्मेवार स्थानमा पुगेपछि आफ्नो क्षेत्रका मानिसको जीवनशैली कसरी उन्नत र सहज बनाउन सकिन्छ भन्ने विषयमा उनका अझ खुलेर, पारदर्शी रूपमा र मेहनतका साथ काम गर्ने दृढ संकल्पमा छन् । विकास केवल संरचनामा होइन, जनजीवनमा देखिनुपर्छ भन्ने विश्वासका साथ सबुज बनियाँ यस क्षेत्र ६ को उज्ज्वल भविश्य निर्माणतर्फ अघि बढ्नेमा अधिकांश मतदाता आशावादी छन् ।

प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ–६ मा कांग्रेसका बानियाँसँग प्रतिस्पर्धामा एमालेका नयाँ अनुहार उम्मदेवार हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै दोहोर्याएका छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दलीय उम्मेदवार १५ र स्वतन्त्र ५ गरी यस क्षेत्रमा कूल २० जना चुनावी मैदानमा छन् ।

यस क्षेत्रमा उनी जतिको नेता सक्षम उम्मेदवार अन्य नदेखिएको मतदाताकै बुझाइ छ । यस क्षेत्रमा उनको जतिको राजनीतिक संस्कार भएको अनुभवी कर्मठ व्यक्ति प्रतिस्पर्धा छैन । त्यसैले पनि कांग्रेसका सबुज बानियाँलाई यस पटकको चुनाव जित्न सहज भएको छ ।