ऋषि धमलाको पक्षमा उर्लियो जनसागर, युवाहरूले रोड–शो’मा उत्रिए


काठमाडौं, १८ फागुन । रौतहट–४ का उम्मेदवार ऋषि धमलाको पक्षमा जनलहर देखिएको छ । चुनावी प्रचारप्रसारको अन्तिम दिन आज उनको पक्षमा युवाहरुले मोटरसाईकल र्याली निकालेका छन् । आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ ।

त्यसअघि उम्मेदवारहरुले आफ्नो अन्तिम प्रचारप्रसार गरिरहेका छन् । धमलाको पक्षमा आज युवाहरुले रोड–शो’ गरेका छन् । उनीहरुले ऋषि धमलाको पक्षमा नारासमेत लगाएका छन् । चुनावी अभियानको क्रममा प्रत्येक गाउँ पुगेका धमलालाई जनताले एकदमै माया र सम्मान दर्शाएका छन्

। धमलाले चुनावी प्रचारमा समेत आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । उनले असक्त, असहाय, विरामीहरुको सेवा गरेको भिडिओहरु सार्वजनिक भइरहेका छन् । उनले सो क्षेत्रमा आफूले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीलगायतमा ध्यान दिने बताए ।