बेइजिङ, १८फागुन । चीनले मध्यपूर्वमा दिनानुदिन भड्किरहेको द्वन्द्व अन्त्य गर्न युद्धविराम तथा कूटनीतिक वार्ता को माध्या प्रयोग गर्न गर्नको लागि सोमबार आह्वान गरेको छ ।
हाल इजरायल र संयुक्त राज्य अमेरिकाले इरान र लेबनानमा निरन्तर आक्रमण गर्दै आएका छन्, भने द्वन्द्व क्षेत्रीय छिमेकी देशहरू सम्म फैलिएको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा बोल्दै द्धन्द्ध अन्येका लागि सबै भन्दा पहिले सैन्य कारबाहीको तत्काल अन्त्य र द्वन्द्वको फैलावट रोक्नु पर्ने जनाउदै वार्ताको माध्यमबाट समस्याको समाधान“ गर्न आग्रह गरेका छन् ।
तेहरानमा द्वन्द्वको परिणामस्वरूप एक जना चिनियाँ नागरिक मारिएको उनले बताएका छन् । जहाँ इजरायल र संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रको सर्वोच्च नेताको हत्या गरेको छ भने अपरेसन र आक्रमण गरिरहेको छ ।
“विदेश मन्त्रालयले इरानमा रहेको चिनियाँ दूतावासलाई पिडित व्यक्ति र परिवारलाई सहयोग गर्न निर्देशन दिएको माओले बताएका छन् । बेइजिङले गत हप्ता आफ्ना नागरिकहरूलाई “वर्तमान सुरक्षा अवस्थाको बारेमा सजग गराउदै इरानको यात्रा नगर्न चेतावनी दिएको थियो ।
यसै बिच सोमबार सम्म तीन हजार भन्दा बढी चिनियाँ नागरिक इरान छोडेर गएको जनाइएको छ । इरानको रिभोलुसनरी गाड्र्सले इजरायल र अमेरिका विरुद्ध इतिहासमा “सबैभन्दा हिंस्रक“ अपरेसन सुरु गर्ने वाचा गरेको छ । रासस




प्रतिक्रिया