रौतहटमा आजपाका समानुपातिकतर्फका उम्मेदवार लालबाबु मन्सुरीमाथि आक्रमण


काठमाडौं, १९ फागुन । आम जनता पार्टीका नेता तथा समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि आक्रमण भएको छ । चुनावी प्रचारप्रसारको क्रममा हिजो उनीमाथि सांघातिक हमला भएको जनाईएको छ । उनको नाकको हड्डी टुटेको छ ।सोमवार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट घाइते मन्सुरीको चन्द्रनिगाहपुरमा रहेको एक अस्पतालमा उपचार भएको थियो । उपचारपछि हाल उनी गुजरास्थित आफ्नो घरमा आराम गरिरहेका छन् । चिकित्सकले उनको नाकको हड्डी भाँचिएको बताएको जनाईएको छ । मन्सुरीले घटनाको सत्य तथ्य छानबिन गरी दोषी लाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।