काठमाडौं, फागुन २० । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय पार्रिएको छ। भित्री सडकमा कागजले पोको पारेर प्रेसर कुकरमा तार जोडेर छाडेको अवस्थामा भेटिएको शंकास्पद बस्तु आज बिहान सेनाले निष्क्रिय बनाएको हो।
चपलीस्थित मसला फ्याक्ट्रीबाट चुनीखेल जाने सडकमा शंकास्पद बस्तु भेटिए पनि रातभर सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका थिए। आज बिहान सेनाको टोलीले उक्त बस्तु निष्क्रिय पार्दा कुकुर भित्रि इट्टाको टुक्रा र सलाईका काँटीहरु भेटिएका छन् ।




प्रतिक्रिया