काठमाडौं, २० फागुन । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । बैठकमा निर्वाचनका अन्तिम तयारी र सुरक्षाबारे छलफल हुने बताईएको छ ।
दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा भोलि २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे सुरक्षा निकायले ब्रिफ गर्ने भएका छन् ।
निर्वाचनको केही दिन अघिदेखि नै देशव्यापी रुपमा सुरक्षा निकाय मजबुद तवरले परिचालित भइसकेको अवस्था छ ।




प्रतिक्रिया