काठमाडौं, २० फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले शंकास्पद चिजवस्तुसहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेपाली कम्युनिष्ट पार्टीका पर्सा–२ का उम्मेदवार मनोजकुमार चौधरी, बाराका २६ वर्षीया सहाब आलम अन्सारी, सुरज कार्की र सत्यनारायण थारु रहेका छन् ।
उनीहरु विहान पौने ३ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को ईनर्वागाउँबाट पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका यी चार जनाउपर विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरद्धको कसुर र निर्वाचनसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।





प्रतिक्रिया