काठमाडौं, २० फागुन । नेकपा (एमाले) का प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले खाडी क्षेत्रमा चर्केको युद्धको कारण संकटमा फसेका र फस्नसक्ने नेपालीहरुको सुरक्षा र उद्धारको लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने सुझाव दिएका छन् । उनले फेशबुकमार्फत यस्तो लेखेका छन् ।
उनले लेखेका छन्–खाडी क्षेत्रमा चर्केको युध्दका कारण सङकटमा फसेका र फस्न सक्ने नेपालीहरुको सुरक्षा र उद्दारका लागि सरकारले आफ्नो सम्पुर्ण शक्ति अविलम्ब लगाउन पर्छ।नजिकबाट नियालिरहेको,सम्पर्कमा बसेको,समन्वय गरिरहेको जस्ता झारा टारुवा र बकम्फुसे कुराको कुनै काम छैन।नागरिक सुरक्षा पहिलो दायित्व हो।’




प्रतिक्रिया