भोलि निर्वाचनको दिन हवाई गस्ती गरिने, अहिले केहीबेरमा सुरक्षा परिषद्को बैठक


काठमाडौं, २० फागुन । केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि (बिहीबार) हुने प्रतिनिधिसभाको निर्वाचनका दिन हवाई गस्ती गर्ने निर्णय गरेको छ । आज गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय लिएको हो ।

निर्वाचनको दिन हवाई गस्ती गर्न हेलिकप्टर स्ट्याण्डबाई राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने निर्णय भएको भएको जनाईएको छ ।

बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

अहिले केहीबेरमा राष्ट्रिय सुरक्षा परिषद्को बैठकसमेत बोलाईएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा भोलिको निर्वाचनको तयारीबारे छलफल हुनेछ । file photo