मतगणना सुरू भएको २४ घण्टाभित्रै परीणाम सार्वजनिक हुने


काठमाडौं, २० फागुन । निर्वाचन आयोगले निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक स्पष्ट पारेको छ । निर्वाचनको अघिल्लो दिन आज (बुधबार) आयोग परिसरमा पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान सकिएलगत्तै मतपेटिका संकलन गरिने बताएका हुन् ।

उनले भने–‘मतपेटिका प्राप्त भएर गणना सुरु गरेका २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्छौँ। साथसाथै समानुपातिकको पनि छिटै सार्वजनिक गर्छौँ।’ आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर मतदान गर्न अपिल गरेको छ । आयोगले विभिन्न १५ जिल्लाका ६१ मतदानस्थलबाट मतपेटिका हेलिकप्टबाट संकलन गर्ने जनाएको छ ।

Skip This

Omoda E5 Pro