काठमाडौं, फागुन २१ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन् । उनले चितवनको क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गरेका हुन् । उक्त क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन् ।
उनले आफैंलाई भने मत दिन पाएनन् । उनी यसपछक रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । त्यस्तै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पनि प्रचण्डले मतदान गरेकै ठाउँबाट मतदान गरेका छन् ।




प्रतिक्रिया