गगन थापाले गरे मतदान, आफैँलाई भने मतदान गर्न पाएनन्


काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका सभापति तथा पूर्वस्वास्थ्य मन्त्री गगन कुमार थापाले काठमाडौंको मैतीदेवी मन्दिर छेउको मतदान केन्द्रबाट मतदान गरेका छन् । सर्लाही–४बाट चुनावमा होमिएका थापाले आफैलाई भने मतदान गर्न पाएनन् ।