काठमाडौं, फागुन २१ । सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद सुरु भएको छ । सर्लाही–४ को बसबरिया गाउँपालिका ( ३ भवानीपुरस्थित जनता माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु हुने वित्तिकै विवाद सुरु भएको हो ।
मतदानकै समयमा मतदाताहरुबीच हुलदङ्गा भएपछि केहीबेर अवस्था तनावग्रस्त भएको थियो । तनावपछि केहीबेर स्थगित भएको मतदान फेरि सुरु भएको बताइएको छ ।




प्रतिक्रिया