आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गरे मतदान


काठमाडौं, फागुन २१ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मतदान गरेका छन् । रौतहट क्षेत्र नम्बर ३ का उम्मेदवार साहले मौलापुर-५ वड़ा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।