काठमाडौं, फागुन २१ । उदयपुरको कटारीस्थित मतदान केन्द्रमा गोली चल्दा मतपेटिकामा क्षति पुगेको छ । आज विहान मतदान सुरु भएलगत्तै अकस्मात प्रहरीकै हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति पुगेको हो ।
मतदान केन्द्रमा खटिएका प्रहरी जवानले बोकेको सर्टगन अचानक पड्किँदा मतपेटिसकामा क्षति पुगेको जनाइएको छ । अहिले त्यहाँको अवस्था सामान्य रहेको पनि प्रहरीको दाबी छ।




प्रतिक्रिया