निर्वाचनमा सहभागी हुने सबैप्रति गगन थापाद्धारा आभार प्रकट, यस्तो छ विज्ञप्ति


काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन् । उनले निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्णप्रति पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गरेर मतदाताहरुप्रति आभार प्रकट गरेका हुन् । उनले लेखेका छन्-“यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ ।”