काठमाडौं, २१ फागुन । आज सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत काठमाडौं-३ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि राति साढे १० बजेबाट मतगणना सुरु गरिएको हो । सुरुमा गोकर्णश्वर नगरपालिका१ को मतपेटिकाबाट गणता सुरु गरिएको छ ।
यो क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ उम्मेदवार छन् । यस्तै, नेपाली कांग्रेसबाट रमेश अर्याल, एमालेबाट रामेश्वर फुयाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निरज लामा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजुनाथ पाण्डे चुनावी प्रतिष्पर्धामा छन् । यो क्षेत्रमा उनेपाका कुलमान र रास्वपाका राजुनाथबीच नै कडा प्रतिष्पर्धा हुने प्रक्षेपण गरिएको छ। काठमाडौं १ को पनि अहिले केहीबेरमा मतगणना गरिने जनाईएको छ ।




प्रतिक्रिया