काठमाडौं, २१ फागुन । रास्वपाका सभापति रवि लामिछानेले चौतर्फी चुनौतीका बाबजुद आजको ऐतिहासिक प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने सम्पूर्ण सरोकारवाला पक्षहरूलाई पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।
सभापति लामिछानेले आज एक विज्ञप्ति निकालेर विशेषगरी निर्वाचनलाई निर्धारित मितिमा सम्पन्न गर्न अहोरात्र खटिएकी प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकारका सम्पूर्ण निकायहरु, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायहरु,सम्पूर्ण राजनीतिक दल, सञ्चार जगत्, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गरेका छन् ।
उनले अब आउने निर्वाचन परिणामले जेनजी पुस्ताको लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति राखेको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने आशा तथा विश्वास लिएको सुनाएका छन् ।




प्रतिक्रिया