काठमाडौं, २२ फागुन । अहिले देशका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार झापा क्षेत्र नम्बर ५ को मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भन्दा दोब्बर बढी मत ल्याएका छन् ।
एमालेको प्रभाव क्षेत्र मानिने झापा–५ मा बालेन शाहले ८ सय १४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष ओलीले ३ सय ८४ मत पाएका छन्। गणनाको यो चरणमा शाहले ओलीभन्दा दोब्बर बढी मतको अग्रता कायम गरेका छन्।




प्रतिक्रिया