काठमाडौं, फागुन २२ । प्रतिनिधि सभा सदस्यको लागि भइरहेको मतगणनामा काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रञ्जु दर्शनाले दोब्बर मतान्तरले अग्रता लिएकी छन्। पछिल्लो मतगणना अनुसार दर्शनाले ९ हजार ७८ मत ल्याइ अग्रता बनाएकी छन्। कांग्रेसका प्रवल थापा क्षेत्रीले ४ हजार ८७ मत पाइ पछ्याइरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले २ हजार ३५५ मत पाएका छन्।
यस क्षेत्रमा अघिल्लो पटक कांग्रेसका प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याइ विजयी हुँदा मिश्रले ७ हजार १८ मत पाएका थिए। त्यसबेला १२५ मतान्तरले पारजित भएका मिश्र यसपटक तेस्रोमा छन्।




प्रतिक्रिया