रुकुम पूर्वमा प्रचण्डले बढाए दोब्बर अग्रता


काठमाडौं, २२ फागुन । रुकुम पूर्वबाट चुनाव लडेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य प्रतिस्पर्धी भन्दा मतान्तर दोब्बरले बढाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्रमा प्रचण्डले हालसम्म एक हजार ४१५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत प्राप्त गरेका छन् ।