रास्वपाले काठमाडौंबाट खोल्यो खाता, औपचारिक घोषणा हुन बाँकी


काठमाडौं, फागुन २२। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचित प्रतिनिधि सभा सदस्यको पहिलो खाता खोलेको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट रास्वपाका बिराजभक्त श्रेष्ठ बिजयी भएसँगै रास्वपाले निर्वाचनमा पहिलो खाता खोलेको हो ।

कांग्रेस र नेकपामा उम्मेदवारहरुलाई फराकिलो मतले हराउँदै श्रेष्ठ बिजयी भएका हुन् । श्रेष्ठले ९३२० मत ल्याउदा नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले १२३४ र नेपाली कांग्रेसका उम्मेदवार सपना राजभण्डारीले १०७७ मत ल्याएका छन् । यद्यपी औपचारिक घोषणा हुन बाँकी छ ।

बिराज भक्तले २०७९ को निर्वाचनमा १० हजार १०५ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला उनका निकतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १४७ मत ल्याएका थिए ।