कैलाली- २ मा मतगणना सुरु


काठमाडौँ, २२ फागुन । कैलाली क्षेत्र न. २ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल, नेपाली कम्युनिस्ट पार्टीका नन्द बहादुर साउँद, नेपाली कांग्रेसका विजय बहादुर स्वाँर र नेकपा एमालेका सूर्य बहादुर थापा प्रतिस्पर्धामा छन् ।