म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको अग्रता, दोस्रोमा एमालेका श्रेष्ठ


काठमाडौं, २२ फागुन । म्याग्दीमा मतगणना जारी छ । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् ।

पुनले ९६६ मत प्राप्त गरेका छन् । पुनलाई एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१ र कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन् ।