रुकुम पूर्वमा ४३९८ मतसहित प्रचण्डको अग्रता कायमै, दोस्रोमा कांग्रेसकी थापा


काठमाडौं, २२ फागुन । रुकुम पूर्वमा पुष्पकमल दाहालले अग्रता कायमै राखेका छन् ।

दाहालले सुरुदेखि नै आफ्नो अग्रता कायम राखेका हुन् ।

पछिल्लो मतगणनाअनुसार प्रचण्डले ४३९८ मत ल्याउँदा कांग्रेसकी कुसुमदेवी थापाले १२६१ मत ल्याएकी छन् ।

यस्तै, एमालेका लिलामणी गौतमले ९०७ र रास्वपाका लखनकुमार थापाले ३५४ मत प्राप्त गरेका छन्।