रास्वपाको पक्षमा देशव्यापी जनलहर पैदा भएको छ, यो शान्त विद्रोहको अभिव्यक्ति हो : बाबुराम भट्टराई


काठमाडौं, २२ फागुन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाको पक्षमा जनलहर पैदा भएको भन्दै यसलाई आम जनताको शान्त अभिव्यक्ति भनेका छन् । उनले फेशबुकमार्फत अब अर्थराजनीति र भूराजनीतिक चूनौतिहरुको कुशल व्यवस्थापन गर्दै जनताको जायज आकांक्षा छिटो पूरा गर्न सफलता मिलोस भनेर रास्वपालाई शुभकामना दिएका छन् ।

उनले लेखेका छन्–

ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ठ परिस्थितिमा सम्पन्न आमनिर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशब्यापी जनलहर पैदा भएको स्पष्ट भएको छ। यो देशमा मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नकालागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नै पर्ने हुन्छ।

देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ(राजनीतिक र बाह्य भू(राजनीतिक चुनौतिहरूको कुशल व्वस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस् हार्दिक शुभकामना!