रास्वपाका राजुनाथसँग हारे कुलमान, कसको कति मत ?


काठमाडौं, २२ फागुन । प्रतिनिधिसभाको निर्वाचनको नतिजा आउने क्रम जारी छ । काठमाडौं-३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङ पराजित भएका छन् ।

उनलाई रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले फराकिलो अन्तरले पराजित गरेका हुन् । यो क्षेत्रमा निर्वाचित भएका पाण्डेले १८७५७ मत ल्याए । दोस्रो भएका कुलमानले जम्मा १११७१ मत प्राप्त गरेका छन् ।