काठमाडौं, २२ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले काठमाडौं ३ रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेलाई जितेकोमा शुभकामना दिएका छन् । उनले आफूलाई यो निर्वाचनमा विश्वास गरेर अमूल्य दिने सबै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।
उनले फेशबुकमा लेखेका छन्-
प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं। ३ बाट विजय हासिल गर्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डेलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। यस निर्वाचनमा मलाई विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गर्नु भएका यस क्षेत्रका सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूले देखाउनु भएको विश्वास र माया मेरो लागि सधैं प्रेरणाको स्रोत रहनेछ। चुनावको परिणाम जे जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन, समृद्धि सहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु। साथै मेरा पार्टीका सम्पूर्ण नेता(कार्यकर्ता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकहरूलाई यस अभियानमा दिनुभएको अथक मेहनत, साथ र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँहरू सबैको साथ, माया र विश्वासले मलाई आगामी दिनहरूमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको छ। हामी सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढाउनेछौं भन्ने विश्वास व्यक्त गर्दछु।




प्रतिक्रिया