काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ३५ हजार छ मत गणना भएको छ ।
जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १९ हजार पाँच सय ८२ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले छ हजार नौ सय ३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार आठ सय ५८, नेकपा (एमाले)ले दुई हजार छ सय ७२ मत प्राप्त गरेको छ । आयोगका अनुसार, श्रम संस्कृति पार्टीले आठ सय ६७, नेपाली कम्युनिस्ट पार्टीले आठ सय ४५, राष्ट्रिय परिवर्तन पार्टीले चार सय ५३ मत प्राप्त गरेको छ ।




प्रतिक्रिया