इलाम–२ मा सुहाङ नेम्वाङ अगाडि


काठमाडौं, फागुन २३ । इलाम क्षेत्र नं २ मा जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको २४ हजार ७०४ मतगणना सकिँदा नेम्वाङले आठ हजार २८० मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सुदीप राईले छ हजार ४४४ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

त्यहाँ नेपाली कांग्रेसका भेषराज आचार्यले चार हजार ३४६, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई दुई हजार २२४ मतका साथ चौथो स्थानमा छन् । कूल एक लाख १९ हजार ४८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६६ हजार ९३४ मत खसेको थियो ।