रुपन्देही–३ मा ५० हजार बढि मतान्तरले रास्वपाका डा. लेखजंग थापा निर्वाचित


काठमाडौं, २३ फागुन । रूपन्देही–३ मा रास्वपाका लेखजंग थापा भारती मतान्तरले विजयी भएका छ्न । आज सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार डा. थापाले ५८ हजार ८ सय १४ मत ल्याएका छन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका सुशील गुरूङले जम्मा ८ हजार ४ सय ३५ मत ल्याएका छन्।

थापा र गुरूङबीच ५० हजार ३ सय ७९ को मतान्तर छ । यस्तै, एमालेका बासुदेव घिमिरे तेस्रो भएका छन् । उनले जम्मा ८ हजार २ सय ७५ मत ल्याएका छन्।